साहित्य
प्रकाशचन्द्र खतिवडाको कविता– क्रूरता
उघ्रँदो रहेछ मन
सम्बन्ध छियाछिया भएपछि
निभ्दो रहेछ प्रेमको दियो
प्रेमको परिभाषै नबुझेपछि ।
मैले त मन पेट दिएकै थिएँ
तिम्रो मायामा पग्लेर म
जिन्दगीको मीठो गीत गाउँदै
नदीजस्तै बगेकी थिएँ ।
आकाशको तारा खसाल्छु भन्थ्यौँ
मबिना जीवन
अधुरै रहन्छ भन्थ्यौँ
गाढा प्रेम अङ्कुराएको छ
प्रेमलाई झ्याङ्गिन दिनुपर्छ भन्थ्यौँ ।
तिम्रा कुरालाई सदर गर्दै
प्रेमका नौकामा मैले शयर गर्न खोजेपछि
एकाएक तिमी उतर्सियौँ
मलाई मूलबाटोमा अलपत्र छोडेर
तिमी चोर बाटोमै हरायौँ ।
मैले ठानिनँ
तिमी निर्घिन...
पूरा समाचार पढ्नुहोस्