अर्थतन्त्र
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा एक हजार एक सय र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला दुई हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
पूरा समाचार पढ्नुहोस्