काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङ सुपर सिक्सेस खेल्ने नेपाली क्रिकेट टिमलाई बिदाइ गरेको छ। क्यानले मंगलबार राति शरद भेषावकरको कप्तानीमा घोषणा भएको सात सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेको हो। भेषावकरको कप्तानीमा रहेको टिम क्रिकेट हङकङ चाइनाको आयोजनामा हङकङमा हुने प्रतियोगिताका सहभागी हुन गएको हो। हङकङ सिक्सेस खेल्ने नेपाली टिममा सन्दीप […]