समाज
श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ
आफ्नै श्रीमती ५५ वर्षीया भीमकला थापाको हत्या गरेको आरोपमा नवलपरासीमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनवल नगरपालिका-१३ घ्युडल्ला बस्ने ६२ वर्षीय खड्काबहादुर थापा रहेका छन् । उनलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।
खड्काले खुर्पा प्रहार गर्दा भीमकला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट भूमही र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी भीमकलाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहर...
पूरा समाचार पढ्नुहोस्