पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
khabarhub.com|
Friday, 19 Dec 2025, 12:28 PM
Share
काठमाडौं– उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन् । शुक्रबार अदालतले प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेको बताइएको छ । अधिवक्ता दिनेश लामिछानेका अनुसार आत्महत्याको प्रयास गरेकी युवतीलाई उच्च अदालत पाटन, ललितपुरबाट प्रहरीले उद्धार गरेको छ । युवतीको अहिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइराखेको छ ।