विशेष

मकवानपुरमा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु

lokaantar.com | Tuesday, 16 Dec 2025, 05:23 PM
Share
मकवानपुरमा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ अँधेरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लु ५ त १७४ नम्बरको ट्याक्टर मंगलबार दिउँसो दुर्घटना हुँदा २२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा बकैया–७ अँधेरीका ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४४ वर्षीय सन्तलाल माझी रहेका छन् । ​ उनीहरूको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?