आफ्नै गाउँमा कुटिइन् पूर्वसांसद गंगा थारु, लगाइन् मंगलसुत्र चोरेको आरोप
khabarhub.com|
Friday, 28 Nov 2025, 10:30 PM
Share
काठमाडौँ– पूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन्। आफ्नै गाउँका महिलाहरुले उनीमाथि हातपात गरेको आरोप छ। राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा थारुले एक महिलामाथि जाइलागेपछि अन्य महिलाले उनीमाथि हातपात गरेका थिए। उनले पनि आफूमाथि हातपात भएको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गर्ने चेतावनी पनि दिएकी छन्। उनले आफूमाथि हातपात गर्नेहरू माओवादीका कार्यकर्ता भएको आरोप लगाएकी छन्। […]