काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको चितवन राइनोजका सुरुवातीक्रमका चार ब्याटर आउट भएका छन् । विराटनगरका कप्तान सन्दीप लामिछानेले चितवनको चौथो विकेटका रुपमा शैफ जबलाई साम हिजलेटमार्फत् क्याच आउट गराएका हुन् ।