खेलकुद

एसीसी यू–१९ प्रिमियर कप : निरज यादवको शतकमा नेपालको सानदार जित

lokaantar.com | Tuesday, 25 Nov 2025, 09:32 PM
Share
एसीसी यू–१९ प्रिमियर कप : निरज यादवको शतकमा नेपालको सानदार जित
 एसीसी मेन्स यू–१९ प्रिमियर कप २०२५ अन्तर्गतको खेलमा नेपालले साउदी अरेबियामाथि ८ विकेटको सानदार जित हात पारेको छ। ओपनर निरज यादवको उत्कृष्ट शतकीय पारीको मद्दतले नेपालले साउदी अरेबियाले दिएको मध्यम लक्ष्य सहजै पूरा गरेको हो। साउदी अरेबियाले दिएको २१९ रनको लक्ष्य पछ्याएको नेपालले ३०.४ ओभरमै जम्मा २ विकेट गुमाएर विजय हासिल गर्यो। नेपालको जितमा नायक बनेका निरज यादवले विस्फोटक ब्याटिङ गर्दै ९० बलमा ११४ रन बनाए। उनले आफ्नो इनिङ्समा १३ चौका र १ छक्का प्रहार गरे। निरज टोलीलाई जितको नजिक पुर्‍याएर आउट भए। ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?