काठमाडौं– टोखा नगरपालिका-३ सूर्य दर्शन हाईट डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-७ घर भएका ३६ वर्षीय प्रकाश श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५ लाख ८४ हजार रूपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।