विशेष
बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु
रौतहटमा बसको ठक्करबाट १ बालकको मृत्यु भएको छ ।
गरुडा नगरपालिका- १ जयनगरस्थित सडकमा प्र ०३-००१ ख १७२६ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने रंजन साहका २ वर्षीय छोरा आदित्यकुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनलाई बसले शुक्रबार बिहान ठक्कर दिएको थियो ।
दुर्घटना पछि बस चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्