काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइट तथा मतदाता नामावली सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ। केही समाचार माध्यम र सामाजिक सञ्जालमा आयोगको प्रणालीबाट मतदाता विवरण फेला परेका समाचार सार्वजनिक भएपछि आयोगले विज्ञप्ति सार्वजनिक गर्दै त्यस्ता दाबी गलत भएको बताएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति सार्वजनिक गर्दै अनधिकृत व्यक्तिले प्रणालीमा प्रवेश […]