राष्ट्रिय समाचार

५ दिनमा राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख भन्दा बढीले बनाए मतदाता नामावली दर्ता

lokaantar.com | Tuesday, 18 Nov 2025, 08:01 AM
Share
५ दिनमा राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख भन्दा बढीले बनाए मतदाता नामावली दर्ता
पाँच दिनको अवधिमा राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख भन्दा बढीले मतदाता नामावली दर्ता गराएका छन् । कात्तिक २७ देखि मंसिर १ गते राति साढे ९ बजेसम्मको अवधिमा ३ लाख ८ हजार ५८५ जनाले नाम दर्ता गराएका हुन् ।  जसमा पुरुष १ लाख ८१ हजार ५०७ जना र महिला १ लाख २७ हजार ६९ जना छन् । यस्तै आयोगको कार्यालयमै धाएर कात्तिक ३० गते ९ हजारले नाम दर्ता गराउँदा नयाँ दर्ता खुलेयता कात्तिक ३० गतेसम्म ३१ लाख १ हजार ४१५ जनाले नाम दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।   
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}