अर्थतन्त्र
प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४३ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।
अघिल्लो दिन प्रतितोला ३१ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३१ सय ५५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्