मुस्ताङ – माथिल्लो मुस्ताङको (नेपाल—चीन) उत्तरी कोरला नाकास्थित लोमान्थाङ–२ न्हेचुङमा अध्यागमन कार्यालयको भौतिक पूर्वाधार निर्माण गरिने भएको छ । यसका लागि अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा अध्यागमन कार्यालयको पूर्वाधार बनाउन रु तीन करोड बजेट विनियोजना गरेको अध्यागमन विभागले जनाएको छ । अध्यागमन कार्यालयको पूर्वाधार निर्माणका लागि स्रोत सुनिश्चित भएसँगै विभागले प्राविधिक इञ्जिनियरसहितको एक टोलीलाई ९डिपीआर० […]