विशेष

पनौतीमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

lokaantar.com | Sunday, 16 Nov 2025, 12:33 PM
Share
पनौतीमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
काभ्रेपलाञ्चोकको पनौतीमा ​जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । पनौती नगरपालिका- ४ बसपार्कस्थित मणिक श्रेष्ठले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा मणिकसहित १० जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय ३० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}