राष्ट्रिय समाचार
चन्द्रागिरिमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ
चन्द्रागिरि नगरपालिका- ८ मातातिर्थ लंकोटमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् ।
४० वर्षीय दिवाकर महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा दिवाकरसहित २२ जनालाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ लाख ५३ हजार रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्