श्री त्रिशुली गङ्गा र श्री शालीग्रामी गङ्गा (गण्डकी )को संगम श्री हरिहर क्षेत्र देवघाटधाममा स्नानको लागि पाल्नुहुने सम्पूर्ण साधु-सन्त, महन्त, भक्तजन साथै सम्पूर्ण शुभ चिन्तकजनहरुमा गत वर्ष जस्तै यस वर्ष पनि भोजन प्रसादको व्यवस्था हुने भएको छ।
षड्दर्शन विश्व अखाड़ा परिषद नेपालका आयोजक /निवेदकनारायण दास नागा(बुलेटबाबा)ले निम्न अनुसार जानाकरी दिनुभएको छ।
मिति: माघ १ गते
समय : बिहान ८ बजे देखि हरिइच्छा सम्म
स्थान : श्री स्वस्थानी माता मन्दिर, नारायणी राम भजन समिति, झोलुङ्गे पुल,श्री हरिहर क्षेत्र देवघाटधाम,
तनहुँ, नेपाल