यु–१९ एसिया कप क्रिकेट टोलीको घोषणा

सन् २०२३ को यु–१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार देव खनालको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलक राजभण्डारी र आकाश चन्द हुनुहुन्छ ।

एसिया कप डिसेम्बर ८ तारिखदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा हुँदैछ । एसिया कपमा नेपाल समूह ए मा रहेको छ । यस समूहमा नेपालसहित अफगानिस्तान, भारत र पाकिस्तान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *