अर्थतन्त्र
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ७०० ले बढेको छ भने चाँदी प्रतितोला पाँचले घटेको छ ।
गत शुक्रबार तोलाको दुई लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज दुई लाख ३९ हजार ७०० कायम भएको महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदीको मोल प्रतितोला रु तीन हजार ५५ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पूरा समाचार पढ्नुहोस्