राष्ट्रिय समाचार
डीआईजी कार्की एआईजीमा बढुवामा सिफारिस
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद तर्फका डीआईजी कार्कीलाई एआईजी पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
कार्की कोशी प्रदेश कार्यालय विराटनगरमा कार्यरत छन् ।
डीआईजी कार्कीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
पूरा समाचार पढ्नुहोस्