राष्ट्रिय समाचार
कास्की कारागारबाट भागेका १९८ कैदीबन्दी अझै फरार
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेका मध्ये १९८ जना कैदीबन्दी अझै फरार रहेका छन् ।
आन्दोलनका क्रममा कारागारको बन्दीगृहबाट फरार भएका ७७३ जना मध्येमा कोही आफैं फर्किएका र केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।
कारागार नफर्कि हालसम्म फरार रहेका मध्येमा १८७ जना पुरुष र ११ जना महिला रहेको कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिए । उनका अनुसार उनीहरू मध्येमा १३ जना विदेशी रहेका छन् ।
विदेशीहरूमा ११ जना भारतीय र दुई जना चिनियाँ रहेका छन् । कास्कीबाट भागेका मध्येमा १९ जना अन्य ज...
पूरा समाचार पढ्नुहोस्