राष्ट्रिय समाचार
१८ दिनपछि स्वदेश फर्किए देउवा दम्पत्ती
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रवार स्वदेश फर्किएका छन् ।
भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा कुटिएर घाइते भएका देउवा कात्तिक १० गते उपचारको लागि भन्दै सिंगापुर गएका थिए ।
पत्नी डा. आरजुसहित सभापति देउवा शुक्रवार राति स्वदेश फर्केका हुन् ।
कांग्रेस कार्यबहाक सभापति पूर्णबहादुर खड्का लगायतका नेता देउवाको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
पूरा समाचार पढ्नुहोस्