राष्ट्रिय समाचार

डीआईजी कार्की एआईजीमा बढुवामा सिफारिस

lokaantar.com | शुक्रबार, 14 नोभेम्बर 2025, 10:11 अपराह्न
Share
डीआईजी कार्की एआईजीमा बढुवामा सिफारिस
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद तर्फका डीआईजी कार्कीलाई एआईजी पदमा बढुवा गर्ने निर्णय गरेको हो । कार्की कोशी प्रदेश कार्यालय विराटनगरमा कार्यरत छन् ।​  डीआईजी कार्कीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}