राष्ट्रिय समाचार
देउवा दम्पती स्वदेश फिर्ता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा स्वदेश फर्किएका छन् ।
देउवा दम्पती शुक्रबार राति सिंगापुरबाट स्वदेश फर्किएका हुन् ।
उनीहरूलाई कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पार्टी प्रवक्ता प्रकाशशरण महतलगायतका नेता, कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए ।
देउवा दम्पती यही कात्तिक १० गते उपचारको सिलसिलामा सिंगापुर गएका थिए ।
पूरा समाचार पढ्नुहोस्