बलिउडमा एक्सन जनराका चलचित्र निर्माणको क्रम फेरि बढेको छ । साउथका एक्सन जनराका चलचित्रले हिन्दी भाषामा समेत बम्पर कमाइ गर्न थालेपछि बलिउडल निर्माताहरु फेरि यसतर्फ आकर्षित भएका हुन् ।
अभिनेता शाहरुख खानको ‘पठान’, सलमान खानको ‘टाइगर ३’, ऋतिक रोशनको ‘वार’, अक्षय कुमारको ‘सूर्यवंशी’ र टाइगर श्राफको ‘हिरोपन्ती’ यसैका उदाहरण हुन् ।
अब अली अब्बास जफरको निर्देशनमा अर्को एक्सन चलचित्रको घोषणा गरिएको छ । बलिउडमा अहिलेसम्मकै उत्कृष्ट एक्सन समावेश गरिएको चलचित्रको रुपमा ‘बडे मिया छोटे मिया’ निर्माणको घोषणा भएको छ ।
यो चलचित्रमा बलिउडका दुई जेनेरेसनका एक्सन अभिनेता अक्षय कुमार र टाइगर श्राफको मुख्य भूमिका रहनेछ । बासु भागनानी, ज्याकी भागनानी र दीपशिखा देशमुखको लगानीमा यो चलचित्र बन्नेछ ।
चलचित्रलाई सन् २०२३ को क्रिसमसमा रिलिज गर्ने घोषणा समेत गरिएको छ । अक्षय र टाइगर पहिलो पटक एकसाथ पर्दामा देखिन लागेकाले पनि दर्शकका लागि यो चलचित्र प्रतीक्षामा रहनेछ ।
-अनलाईन खबरबाट