सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाबीच भेट वार्ता भएको छ । माओवादी अध्यक्ष प्रचण्डको निजी निवास खुमालटारमा आगामी निर्वाचन, संसद् सुचारुलगायतका विषयमा छलफल भएको काँग्रेस नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताउनुभयो ।

‘आज बिहान ९ बजेदेखि सुरु भएको भेटमा नेता कोइरालाले आगामी चुनावमा काँग्रेस र माओवादीबीच गठबन्धन हुन नसक्ने कुरा राख्नुभयो । माओवादीले काँग्रेसलाई भोट हाल्दैन भन्ने कुरा उहाँले राख्नुभयो ।’, थपलियाले बताउनुभएको छ ।

यसलगायत समसामयिक राजनीतिक विषयमा प्रचण्ड र कोइरालाबीच करिब एक घण्टा छलफल भएको हो ।

-गोरखापत्रबाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *