आरोहण गुरुकुलको नाटक ‘पुतलीको घर’ पुनः मञ्चन हुने भएको छ । कोरोना संक्रमणका कारण मञ्चन स्थगित गरिएको नाटक पुनः मञ्चन गर्न लागिएको हो ।

रंगकर्मी सुनिल पोखरेलका अनुसार माघ २८ गतेदेखि फागुन ७ गतेसम्म नाटक पुनः मञ्चन गर्न लागिएको हो । उनका अनुसार कुञ्ज थिएटर थापागाउँमा ५ बजेदेखि नाटक मञ्चन हुनेछ ।

माघ १ गतेदेखि सुनिलकै अनुवाद र निर्देशन रहेको पुरानै नाटक ‘पुतलीको घर’ कुञ्ज थिएटरमा मञ्चन भइरहेको थियो । कोरोना संक्रमण बढेपछि माघ ७ गतेदेखि नाटकको मञ्चन स्थगित गरिएको थियो । अहिले कोरोना संक्रमण कम भएसँगै नाटक पुनः मञ्चन गर्न लागिएको हो ।

नाटकमा मुख्य भूमिकामा रंगकर्मी निशा शर्मा छिन् । उनीसँगै रंगकर्मी पोखरेल, शेखर चापागाईं, अञ्जु देउजा  लगायतको अभिनय छ । यसअघि झण्डै एक दशकदेखि बन्द रहेको आरोहण गुरुकुलले नाटक ‘पुतलीको घर’मार्फत पुनरागमन गरेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *